१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

गौरीका सिंह बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी


२९ पौष, काठमाडौँ । पौडीकी गौरीका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी छिन ।

ललितपुरको सातदोबाटोमा मंगलबार भएको अवार्ड कार्यक्रममा गौरीका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । उनले करातेकी अनु अधिकारी, तेक्वन्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड चुमेकी हुन ।

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १६:५९