११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

नेपालकै सबैभन्दा ठूलाे ८ अर्वको सेयर निष्कासन माघ २ देखि हुँदै


२९ पुस, काठमाण्डौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे ८ अर्व बराबरको सार्वजनिक निष्काशन माघ २ देखी हुने भएको छ । यस निष्काशनका लागि यस अघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्रीप्रबन्धक नियुक्त गरेको छ ।

जम्मा २० अर्व चुक्ता पूंजी रहेको यस बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बांकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ । हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशनका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १६:३३