८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दि सिन्धुपाल्चोक विजनेश क्लवको तेश्रो अधिवेशन सम्पन्न


२९ पुस, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोक विजनेश क्लवको तेश्रो अधिवेसन क्लवका अध्यक्ष दिनेश पौड्यालको अध्यक्षतामा सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भएको छ । अधिवेशनबाट अध्यक्षमा रामकाजी पौडेल चयन हुन भएको छ । त्यसैगरी प्रथम उपाध्यमा श्री अमृत कुमार खड्का, दित्तिय उपाध्यक्ष श्री मसिना खड्का भण्डारी महासचिव श्री रत्न प्रसाद पराजुली कोषाध्यक्ष श्री यादवराज सापकोटा
र सदस्यहरुमा क्रमश राम प्रसाद पराजुली, डोर वहादुर भण्डारी, हरिओम मकाजु, रुपक धिताल, रामचन्द्र पराजुली, राजकुमार तिमल्सिना, वालकृष्ण लामिछाने, नवराज पाण्डे र राजेन्द्र बहादुर रिजाल चयन हुनु भएको छ ।


क्लवले संस्थापक अध्यक्ष नरेशलाला श्रेष्ठको संयोजकत्वाम निवर्तमान अध्यक्ष दिनेश पौड्याल का साथै समाजसेवीहरु बच्चु पौडेल, शम्भु विक्रम थापा, नयन ब. पण्डित क्षेत्री र अशोक कुमार श्रेष्ठको सल्लाहकार समिति चयन गरेको छ । क्लवको स्थापना २०६९ मा भएको हो । क्लवले विभिन्न समयमा राहत वितरण, औषधी वितरण तथा शैक्षिक सामाग्री वितरण गरेको अध्यक्षले बताउनु भयो ।

कार्यक्रममा क्लवका सल्लाहकार तथा हिमालय सिमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेल तथा सल्लाहकार नयन ब. पण्डित क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १६:०९