७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

उद्योग वाणिज्य महासंघका पदाधिकारी र आइएलओका प्रतिनिधिविच भेटवार्ता सम्पन्न


२९पुस, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र आइएलओका प्रतिनिधिविच भेटवार्ता सम्पन्न भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन निर्देशक रिचार्ड हवार्ड विच महासंघ सचिवालयमा भेटवार्ता भएको हो ।

भेटवार्तामा साना तथा मझौला उद्यम व्यवसायलाई पुनरूत्थान गर्ने कार्यमा महासंघ र आइएलओ बीच हुनसक्ने सहकार्यका विषयमा पनि छलफल भएको महासंघ अध्यक्ष गोल्छाले बताउनु भयो । भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

अध्यक्ष गोल्छाले मुलुकभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई निजी क्षेत्रले अत्यन्त संवेदनशील भई हेरेको र कोभिडबाट प्रभावित उद्योग व्यवसाय पर्यटन सहित साना तथा मझौला उद्यम व्यवसायको पुनरूत्थानका लागि रोजगारी सृजना सहितको निश्चित लक्ष्य लिई भिजन पेपर तयारी गरीरहेको जानकारी गराउनु भयो ।

साथै अध्यक्षले सामाजिक सौदावाजीका विषयमा उद्योग प्रतिष्ठानलाई सहयोग पु¥याउन कानुनी सहयता कोष अवधारणाका वारेमा छलफल गर्दै सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएका व्यवहारिक कठिनाईका विषयमा जानकारी गराउनु भएको थियो ।

सो अवसरमा आइएलओका निर्देशक हवार्ड ले निजी क्षेत्रको प्रवद्र्धन, रोजगारी र श्रम ऐन तथा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत सुधार एवं प्राविधिक सहयोग उपलव्ध गराउन आइएलओ तयार रहेको विश्वास दिलाउन भयो ।
कार्यक्रममा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे, महासंघका वरिष्ठ विज्ञ हंसराम पाण्डे, उपमहानिर्देशक गोकर्ण अवस्थी र आइएलओका वरिष्ठ अधिकृत प्रकाश शर्माको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १५:४७