बाघकाे छालासहित मनमैजुबाट लमजुङका घले पक्राउ

२९ पुस, काठमाडौँ । बाघको छाला सहित आज लमजुङका वृसराज घले पक्राउ परेका छन ।

तारकेश्वर नगरपालिका ९ मनमैजुमा अस्थायी बसोबास गदै आउनु भएका घलेको कोठाबाट ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित बाघको छाला सहित पक्राउ परेको प्रहरी उपरिक्षक ईश्वर काकीर्ले बताउनु भयो ।

घले दुधपोखरी २ लमजुङमा भेडा चराउने कृषक हुन । घलेलाइ आवश्यक कार्वाहीको लागि जिल्ला वन कार्यालय काठमाडौमा बुभाइएको महानगरिय अपराध शाखा जनाएको छ ।

प्रकाशित मिति: २९ पुष २०७७, बुधबार १५:०९