८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कृषि विकास बैंकको १५ प्रतिशत लाभांश पारित


२९ पुस, काठमाडाैँ । कृषि विकास बैंकको १४ औं बार्षिक साधरणसभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित १५ प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा पुस २९ बुधबार भ्युचुअल माध्यमबाट सभा सम्पन्न गरेको हो ।

सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ० दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव पारित गरेको छ । त्यस्तै बैंकको सरकारको अग्राधिकार शेयरमा पनि बैंकले ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १५:३१