१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ग्रिन डेभलपमेन्ट बैंकले घोषणा गर्याे लाभांश ,बोनस शेयर र नगद कति ?


२९ पुस, काठमाडाैँ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेकाे छ । बैंकले  गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको हाे ।

 

बैंकको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.८४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५५ प्रतिशत नगद लाभांश गरी कुल ५.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांंश राष्ट्र बैंकको स्विकृती र बैंकको साधारण सभा बाट पारित भएपछि  शेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार ११:३९