१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो


२८ पुस, काठमाडौँ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।  मंगलबार सर्वोच्च अदालतले रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो ।

याँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालसमेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो । तर अब भने सर्वोच्चले रिट नै खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार १७:०६