८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नागरिक लगानी कोषको हकप्रद शेयरमा आजबाट आवेदन खुला


२८ पुस, काठमाडाैँ । नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद शेयरको आवेदन आजबाट खुला गरिएको छ । यस कोषमा  १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३५ लाख ९२ हजार कित्ता हकप्रद शेयरमा सेयरधनीहरुले आवेदन दिन सक्नेछन ।

कोषको हकप्रदमा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग, टेकु काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंकका केहि शाखा कार्यालयहरू, नागरिक लगानी कोषको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ। माघ १९ गते सम्ममा आवेदन दिइसक्नुपर्ने बिक्रि प्रबन्धक आरबीबी क्यापिटलले जनाएको छ ।

पुस १४ गते कोषले हकप्रद शेयर प्रयोजनार्थ बुकक्लोज गरिसकेकाले पुस १३ गते सम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार १३:०३