१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आज बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


२८ पुस, काठमाडौँ । साताको पहिलो र दोस्रो दिन लगातार घटेको सुनको मूल्य तेस्रो दिन आज आज भने बढेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला ६०० ले बढेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएको छ।आज चाँदीको मुल्यमा पनि तोलामा २० रुपैयाले बढेको छ। आज चाँदी प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार ११:४६