८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रिमियर इन्स्योरेन्सले घोषणा गर्याे लाभांश


२८ पुस, काठमाडाैँ । प्रिमियर इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस २७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।


बिमा समितीको स्विकृती र संस्थाको साधारण सभाबाट पारित भएपछि नगद लाभांश शेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार ११:३२