१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपालगञ्जदेखि ठाकुरद्धारा सम्म राष्ट्रियस्तरको साइकल यात्रा हुने


२७ पुस, काठमाडाैँ । माघ २३ र २४ मा नेपालगञ्जदेखी ठाकुरद्धारा सम्म राष्ट्रियस्तरको साइकल यात्रा हुने नेपालगंज, नेपालगंज साइक्लिङ क्लव र नाट्टा बाँकेको आयोजनामा माघ २३ र २४ गते राष्ट्रिय स्तरको साइकल यात्रा हुने भएको छ । तेस्रो संस्करणको साइकल यात्रामा दुई सय जना भन्दा बढिको सहभागिता रहने कार्यक्रम संयोजक तथा साइकल यात्री सतिश निरौलाले बताउनु भयो ।

राष्ट्रिय स्तरको सो साइकल यात्रामा काठमाण्डौ लगायत नेपालका विभिन्न शहरबाट सहभागि हुने निश्चित भएको निरौलाले बताउनु भयो । स्वस्थ्य जीवनको लागी साइकलको महत्व आम सर्वसाधारणलाई बुझाउन कार्यक्रम नियमित गरिन लागेको अर्का साइकल यात्री तथा आयोजक रमेश मल्ले बताउनु भयो ।

२३ गते नेपालगंज बजार परिक्रमा सुरु हुने साइकल यात्रा खजुरा हुदै वर्दियाको बढैयाताल, गुलरिया, कृष्णसार संरक्षण केन्द्र हुदै बेलुका बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्धारामा पुगेर बास बस्नेछ । २४ गते निकुञ्जको अवलोकन गराएर कार्यक्रम समापन गर्ने कार्यतालिका रहेको नेपालगंज साइक्लिङ क्लवका अध्यक्ष गगन थापाले बताउनु भयो ।

साइकल यात्रा मार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्य सहित साइकल यात्रामा सहकार्य गरेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनु भयो । नेपालगंजमा पछिल्लो समय साइकलका स्थानिय गतिविधिहरु समेत बढ्दै गइरहेको छ । विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्ने सो साइकल यात्रामा काठमाण्डौबाट गत वर्ष समेत सहभागिता जनाउनु भएका पद्यमेन्द्रनाथ कर्माचार्यले आफुहरुसहित ३० जना भन्दा बढि यस वर्ष उत्साहका साथ सहभागि हुन लागेको बताउनु भयो ।

काठमाण्डौ आसपास लगायत धेरै साइकल यात्रामा सहभागी हुनुभएका श्रीकृष्ण श्रेष्ठ साइकलले मित्रता नविकरण गर्न पनि आफु जान लागेको बताउनु भयो । तराईमा साइकल प्रमुख सवारी साधनको रुपमा प्रयोग हुदै आएकोमा पछिल्लो समय मोटरसाइकल तथा अन्य सवारी साधनको प्रयोग बढ्दो छ ।

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार २३:१५