८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विश्व कप छनोट क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै


१५ फागुन, काठमाडौँ । विश्व कप छनोटक क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेबाट सुरु हुनेछ ।

नामिबियामा भएको डिभिजन २ को खेलमा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गर्दा फाइनलमा ७ रनले आफैँ पराजित भएको थियो । जिम्बाबेमा मार्च ४ देखि हुँने छनोट प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी हुँदैछन ।

नेपाल समूह ‘बी’ मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ । नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे विरुद्द खेल्दै छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार ०८:१४