८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पूर्व प्रधानन्यायाधीशहरूले गति छाडेः सल्लाहकार थापा


२५ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व प्रधानन्यायाधीशहरूले गति छाडेको बताएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत टिप्पणी सार्वजनिक गर्दै सल्लाहकार थापाले अदालमा विचाराधिन मुद्दा प्रभावित गर्ने र भीडको निहीत चहना मुताविक फैसला गर्न प्रेरित गर्नेगरी पुर्व प्रधानन्यायाधीशहरूले विज्ञप्ति जारी गरेको उल्लेख गरेका छन ।

थापाले भनेका छन ‘नेपालको संविधान सेवानिवृत चार जना पूर्व प्रधानन्यायाधीशहरूले लेखेको होइन । यो त जनताका प्रतिनिधिहरूले लेखेको जगजाहेर नै छ । अनि चार जना पूर्व प्रधानन्यायाधीशहरूको असंबैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको प्रष्ट हुन्छ ।’

सल्लाहकार थापाले संवैधानिक प्रावधानका हिसाबले उनीहरूको विज्ञपति पूर्णतः गलत रहेको बताएका छन । उनले भनेका छन ‘यसले अदालतलाई प्रभावित गर्ने र भिंडको निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूको दुराशय स्पष्ट पारेको छ । रिटायर्ड प्रधानन्यायाधीशहरूले संबैधानिक इजलाशले गरिरहेको सुनुवाईलाई प्रभावित गर्न जारी गरेको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णतस् गलत छ ।’

पूर्व प्रधानन्यायाधीशहरूले विज्ञप्ति जारी गरेर सामाजिक मर्यादा र मानकका सारा स्थापित सीमा भत्काउने काम गरेको भन्दै थापाले न्यायिक क्षेत्रमा अराजकता सिर्जना गर्न खोज्नु गलत भएको बताएका छन । उनले भनेका छन ‘कमसेकम सम्मानित सर्वोच्च अदालतको नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिबृद्दि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिन्थ्यो होला ! सामाजिक मर्यादा र मानकका सारा स्थापित सीमा भत्काउने यस्तो क्रियाकलापले त न्यायिक क्षेत्रमा अराजकता र भिडतन्त्रमो पैरवीलाई नै व्यवहारमा प्रोत्साहन गर्दैन र ? संसारभरि अवकाशप्राप्त जजले फैसला सुनाउन खाजेको यस्तो सायद कहींकतै देखिन्छ कि ?’

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार १०:०६