
२४ पुस, काठमाडाैँ । चार जना पूर्व प्रधानन्यायाधीशहरू विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र विपक्षी दलका नेता शेरबहादुर देउवाको पथमा अग्रसर भएका छन । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले यस्तो पथ रोजेका हुन ।
उनीहरूले आफैँले प्रतिवादन गरेको सिद्धान्त कुल्चिएका छन । अदालतमा विचाराधिन विषय प्रभावित हुने गरी बोल्न समेत नपाउने भनेर सिद्धान्त प्रतिवादन गरेका उनीहरूले शुक्रबार हुल बाँधेर अदालतमा विचाराधिन मुद्दा प्रभावित गर्ने उदेश्यले विज्ञप्ति जारी गरेका छन ।
यस्तो विज्ञप्ति जारी भएपछि आम सर्वसाधरणले उनीहरूले पूर्व प्रधानन्यायाधीशका हैसियतले लिँदै आएको सुबिधा फिर्ता गर्नुपर्ने र नमाने खोस्नुपर्ने बताएका छन । कतिपयले भने खुला राजनीतिमा स्वागत भन्दै राजनीतिक मैदानमा स्वागत गरेका छन ।
पूर्वप्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतमा विचारधिन रहेको मुद्दामा सरकारले संविधानको आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै हुल बाँधेर विज्ञप्ति जारी गरेका छन ।
प्रधानन्यायाधीश भैसकेका व्यक्तिले सर्वोच्च अदालतलाई फलानो मुद्दामा यस्तो फैसला गर भनेर संगठित दबाब दिन थालेपछि,सडकमा कुनै समुह वा दलको नेताले बोलेको आधारमा अदालतको मानहानी मुद्दा लाग्ने बाटो समेत बन्द हुने अवस्था आएको छ ।