७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रतिनिधिसभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ? शंकर पोखरेलले दिए कारण


२३ पुस, काठमाडाैँ । नेकपा स्थायी कमिटी सदस्य एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा विघटन हुनुको मुख्य कारण दलभित्रका नेताले खेलेको भूमिका रहेको बताउनु भएको छ । उहाँले नेकपा सत्तारुढ दल भएपनि यसभित्रका गुट विपक्षी दलजस्तो भएकाले अहिलेको अवस्था आएको उहाले स्पष्ट पार्नुभएको छ ।

सामाजिक सञ्जालमा प्रतिनिधिसभा विघटन हुनेको कारण खोल्दै उहाले प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफुहरुले खेलेको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि भन्दै प्रश्न गर्नुभएको छ ।

शंकर पोखरेलले यसरी प्रस्तुत गर्नुभयो प्रतिनिधिसभा विघटनको कारण

नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधिसभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ?

सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले,

सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनाले,

विधेयका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागिय मन्त्रीले नै असहमती राख्ने विडम्वनापूर्ण अवस्था सिर्जना हुनुले,

सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलिय अनुशासन भन्दा वाहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुनाले,

पार्टी र संसदीय दलको निर्णय वेगर विशेष अधिवेशनको मागगर्दै राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा समावेदन दर्तागर्न जानुले,

पार्टी र दलमा औपचारिक प्रस्ताव समेत नराखी प्रधानमन्त्रीका विरुद्धमा संसदिय पद्धति र परम्परा विपरित अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गर्नाले,

पार्टी एकता भएको लामो समयसम्म पनि पूर्व समुहका संसदीय दललाइ एकिकृत गर्न तयार नहुनाले ।

पार्टी भित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्षका विरुद्धको गंभीर षडयन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आधार तथा कारण वन्न पुुग्यो । प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफुहरुले खेलेको यस प्रकारको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि !

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार ०६:०४