८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सिंगटी हाइड्रो इनर्जीले आईपीओ निष्काशन गर्ने


२२ पुस, काठमाडाैँ । सिंगटी हाइड्रो इनर्जीलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । पुस २१ गते मंगलबार बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले स्थानिय र सर्वसाधरणको लागि हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । त्यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता शेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीकाे उक्त शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार १३:४१