१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

महाकवि देवकोटा कविकुञ्जलाई आधुनिक सङ्ग्रहालय बनाइने


२० पुस, काठमाडाैँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघर ‘देवकोटा कविकुञ्ज’लाई आधुनिक सङ्ग्रहालयका रुपमा विकास गर्ने अन्तिम तयारी भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा बुझाएको छ ।

सोमबार सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाइ प्रतिष्ठानका गतिविधिबारे जानकारी गराउदै उपकुलपति गंगाप्रसाद उप्रेतीले यस्तो जानकारी दिनुभएको हो । करीब रु पाँच करोड लागतमा पहिलो चरण र बाँकी काम गर्न करीब रु छ करोड गरी जम्मा रु ११ करोड ५० लाख लागत रहने छ ।

चारतले भवन दुई वर्षभित्र सक्ने गरी योजना बनाइएको छ । भवनको बाहिर देवकोटाको प्रतिमा र भुइँतलामा डबली रहनेछ । पहिलो तलामा देवकोटाको अडियो भिडियो, दोस्रो तलामा देवकोटाले प्रयोग गरेका सामग्री, चौथो तलामा देवकोटाका प्रकाशित कृति रहनेछन् । प्रतिष्ठानले पहिलोपटक अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन गर्ने लक्ष्य लिएको छ । भानुजयन्तीका अवसरमा सम्मेलन गर्ने योजना रहेको जनाइएको छ । कोरोना सामान्य भएपछि सम्मेलन गरिने प्रतिष्ठानले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० पुष २०७७, सोमबार २०:४१