१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

गृह जिल्लामै नेकपाका हजाराैँ कार्यकर्ता प्रचण्डको विपक्षमा उभिए (फोटोफिचर)


२० पुस, चितवन । बिभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामानै हजरौँ कार्यकर्ता उनको विपक्षमा उभिएका छन । गृहमन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादलको प्रमुख आिथ्यतामा भएको भेलामा सोमबार हजारौँ नेकपाका कार्यकर्ता प्रचण्डको विपक्षमा देखिएका हुन ।

भरतपुरमा दुइ हजार अट्ने हलमा भएको कार्यकर्ता भेलामा हलमा नअटाएपछि त्यो भन्दा दोब्बर बढी कार्यकर्ता हल बाहिरै बसेर नेताहरूको प्रशिक्षण लिएका थिए । सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेल र नेकपाका प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले पनि कार्यकर्तालाइ सम्बोधन गरेका थिए । चितवन गृहमन्त्री थापाको गृह जिल्ला पनि हो ।

प्रकाशित मिति : २० पुष २०७७, सोमबार १७:४५