१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

उ नेपालको समृद्धि बोल्छ, तिमी आफ्ना कै उन्नतिमा छौ


-अर्जुन पाण्डे 

तिमी र उ मा धेरै फरक छ
उ र तिमीमा धेरै फरक छ ।
उ क्षितिज हेर्छ
आसाका टुसा उमार्छ
तिमि हठात बैभव हेर्छौ
इर्ष्या पिउछौ , छल गर्छौ , छटपटिन्छौ ।
र त फरक छ,
उ र तिमिमा ।
उ सपना देखौ भन्छ,
तिमि सपना शब्द देखी तर्सन्छौ ।
उ नेपालको समृद्दी बोल्छ,
तिमी आफ्ना कै उन्नतिमा छौ ।
उ सुखी नेपाली भन्छ
तिमिले कसलाइ सुखी बनायौ ?
हो, यही फरक छ
तिमि र उसमा ।
उ परिकल्पनाको तरङ्ग हो
मष्तिस्कमा दौडन्छ, योजनामा पोखिन्छ,
निर्माणमा प्रगट हुन्छ ।
उ उत्साह रोप्छ , सिर्जना गोड्छ
सफलता फलाऔ भन्छ ।
तर तिमिले ध्वङ्स को बीर खेलायौ ।
पछाडी फर्केर हेर त,
तिमिले नाफा हेर्यौ, नोक्सान हेर्यौ,
मुकुट माग्न कहा पुगेनौ ?
कस्लाइ गुहारेनौ ?

हो यही फरक छ तिमि र उ मा ।
उ बिम्बको चट्याङ्ग बर्साउछ ।
उ बिम्ब मै बोल्छ, प्रसन्नता छर्छ ।
तिमी बिम्बलाइ बेल ठान्छौ
जुन बासको झाङमा खस्छ ,
तिमि आतङ्कित हुन्छौ ,
तिम्रो आकास खस्छ ।
तर ती बिजय पटाका तिम्रा पनि हुन ।
तिमी चिन्दैनौ , चिन्न सकेनौ ।
हो यही फरक छ तिमि र उ मा ।
तिमिलले देख्यौ नि
उ कोमल भावना हो , पग्लन्छ ।
उ सबैलाइ आफ्नै सन्तान ठान्छ,
माया गर्छ
तिमीलाइ पनि ।
सन्तानको पिडामा द्रवित हुन्छ
तिम्रा अगाडी आसु झार्छ ।
तर तिमीले कस्लाइ आफ्नो बनायौ ?
कस्लाइ माथी पुर्यायौ ?
कस्का निम्ती आसु बगायौ ?
हो, फरक छ ।
तिमी र उ मा धेरै फरक छ ।
उ सतिसाल हो, ठिङ्ग उभिन्छ ।
आधि बेहरीमा नुहिदैन , बरु भाचिन तयार छ
उ तिम्रो हराएको आगन खोज्छ, जोड्छ
तर तिमिलाइ किन खप्न कठिन ?
किनकि तिमी बेत हौ, लहरा हौ ,
तिम्रो उचाइ के मा छ ?
कहा कहा बेरियौ ? हेर त ।
हो यही फरक छ
तिमि र उ मा धेरै फरक छ।

प्रकाशित मिति : २० पुष २०७७, सोमबार १०:१०