१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जपानमा शक्तिशाली भूकम्प, दुर्इ जनाको मृत्यु, एक लाख घरमा ग्यास आपूर्ति बन्द


४ असार, काठमाडाैँ । जपानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार बिहान स्थानीय समयअनुसार  ७ः५८ बजे ६.१ म्याग्निच्यूडको तीव्रता मापन गरिएको रोयटर्सले जनाएको छ । अहिलेसम्म दुईजनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । ८० वर्षीय एक बृद्ध र ९ वर्षीया बालिकाको मृत्यु भएको रोयटर्सले जनाएको हो ।

पश्चिमी जापानको ओसाकामा भूकम्पले बढी क्षति गरेको जनाइएको छ । प्रारम्भमा ५.९ म्याग्निच्यूड भनिएको भूकम्पको तीव्रता पछि सच्याएर ६.१ बताइएको छ । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले राहत तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएका छन् । ओसाकाका एक लाख ७० हजार ८०० घरमा विद्युत आपूर्ति बन्द भएको छ । स्थानीय ग्यास कम्पनीका अनुसार एक लाख ८ हजार घरमा ग्यास आपूर्तिसमेत बन्द भएको छ ।

प्रकाशित मिति : ४ असार २०७५, सोमबार ०८:५३