१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कोरोना जस्तै अर्को भाइरस पनि नेपालमा, बेलायतबाट आएकाहरू उच्च निगरानीमा


१३ पुस, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना जस्तै अर्को भाइरस भेटिएको जनाएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्राजातिको रूपमा अर्को भाइरसको विकास भएको र त्यो नेपाल प्रवेश गरेको जनाएको छ । मन्त्रालयले बेलायतबाट फर्किएका मध्ये १९३ नागरिकलाइ निगरानीमा राखेको र ती मध्ये पाँच जनामा उक्त भाइरस पुष्टि भएको जनाएको छ । मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति ९भेरियन्ट०को उद्गमस्थल बेलायतबाट  यस्तो भाइरस आएको जनाएको छ ।


स्वास्थ्यय मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको दाबी गरेका छन । उनले भने “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो” उनले भने, “कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने बताए ।

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १७:४०