१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आर्थिक वर्षको अन्त्यमा पनि गोरखापत्रमा कांग्रेस कार्यकर्ताको भर्ति रोकिएन, अध्यक्ष मुकदर्शक


३ असार, काठमाडौँ । सरकारको मुखपत्र गोरखापत्र दैनिकमा राजनीतिक भर्ती फेरि सुरु भएको छ । आर्थिक वर्षको अन्त्यमा आइपुग्दा समेत महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायले नेपाली कांग्रेसका कार्यकर्ताको भर्ती जारी राखेका छन । उनले आइतबारमात्रै २९ दिनका लागि दुई जना स्ट्रिन्जर नियुक्त गरेका छन ।

एउटा संवाददाता रहेकै अवस्थामा अर्को स्ट्रन्जर नियुक्त गरिएको भन्दै गोरखापत्रका कर्मचारीले नै असन्तुष्टि व्यक्त गरेका छन । वर्षौदेखि गोरखापत्र संस्थामा जागिर खाएर पनि पत्रिकाको भन्दा बढी कांग्रेसको काम गरेका उपाध्यायले पछिल्लो पटक गरेको नियुक्तिलाई लिएर गोरखापत्रका सम्पादकदेखि रिपोर्टिङ प्रमुखसम्म आश्चर्य चकित भएका छन ।

उनले आइतबारमात्रै नुवाकोटमा दीपक थापा र दोलखाका कैलाश लामाले नयाँ नियुक्ति लिएका छन । गोरखापत्रमा यसअघिदेखि नै नुवाकोटमा रुपा अर्याल र दोलखामा बाबुराम शर्मा कार्यरत रहेका छन । गोरखापत्र स्रोतका अनुसार रिपोर्टरको नियुक्तिमा सम्पादकको सिफारिस लिनुपर्नेमा महाप्रबन्धक उपाध्यले ठाडै नियुक्ति दिने निर्णय गरेका छन । सरकारले भने गोेरखापत्रको सुधारका लागि भन्दै विष्णु रिजालको संयोजकत्वामा एउटा कार्यदल गठन गरेको छ । महाप्रबन्धकले कार्यकर्ता भर्तीलार्इ जारी राखे पनि अध्यक्ष गोविन्द पोखरेल भने मुकदर्शक भएर बसेको भन्दै कर्मचारीले अारोप लगाएका छन ।

प्रकाशित मिति : ३ असार २०७५, आईतवार १९:२७