७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रहरी संगठनमा आइजिपीको जानकारीबिना कसैले निरीक्षण गर्न मिल्दैनः पूर्व प्रमुख बस्नेत


-सुप्रिया मुडभरी

३० मंसिर, काठमाडाैँ । सशस्त्र प्रहरी बल नेपालका पूर्व महानिरीक्षक (प्रमुख) सनतकुमार बस्नेतले सुरक्षा संगठनमा प्रमुखको अनुमति र जानकारीबिना कसैले पनि निरीक्षण गर्न नमिल्ने बताउनुभएको छ । गृहमन्त्रालयका अधिकारीहरू छड्केका नाममा संगठनको नेतृत्वलाई जानकारी नदिइ सशस्त्र प्रहरीको एउटा गुल्ममा पुगेपछि दैनिकीले राखेको जिज्ञासामा पूर्व प्रमुख बस्नेतले त्यो गलत भएको बताउनुभयो । उहाँले त्यस्तो प्रवृतिले सुरक्षा संगठननै ध्वस्त हुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सुरक्षा संगठन चेन अफ कमान्डमा चलेको हुन्छ । त्यो चेन अफ कमाण्ड भनेको सबै जवानको आइजिपी माथि भरोसा हुन्छ । आइजिपीलाई अनाश्रित रूपमा काम गर्न दिइनुपर्छ । कुनै पनि कुरो । कुनै पनि संगठन सिभिलियन संगठनहरू जोसुकैले पनि मार्फत आइजिपी अथवा मार्फत माथिल्लो अफिसरबाट गरिनुपर्छ । तपाइको भनाइमा आउँदा जस्तो कुनै पनि गुल्ममा यदि बाहिरको युनिटबाट गृह मन्त्रालय होस या प्रधानमन्त्री कार्यालय होस वा अन्य कुनै पनि होस उहाँहरूले त्यहाँ भित्र प्रवेश गरेर कुनै पनि कुरो लिनुपर्छ, निरीक्षण गर्नुपर्छ भने त्यो आइजिपीलाई जानकारी हुनुपर्छ । हुनैपर्छ ।’

उहाँले प्रमुखको अनुमति बिना तल्ला निकायमा गृह मन्त्रालयका अधिकारीले सीधै गएर गिजोल्ने वा अतिक्रमण गर्ने अवस्था सिर्जना हुँदा संगठनले नै काम गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कसैले निरीक्षण गर्छ भने त्यो आइजिपीलाई जानकारी हुनुपर्छ र त्यसपछि त्यो गुल्मको गुल्मपतिलाई अथवा गणपति को हो रु उसलाई जानकारी हुनुपर्छ । के कारण हो थाहा दिनुपर्छ । अन्यथा त्यसै गयो भने त त्यस्को अस्तित्व नै रहेन । केही मतलबै भएन । भोलिबाट त्यो तलको मान्छेले माथिको मान्छेलाई किन मान्ने रु त्यसैले त्यो किसिमको अतिक्रमण हस्तक्षेप भयो भने चेन अफ कमान्डमा काम गर्न सक्दैन फोर्सले । युनिफर्म फोर्स भनेको त्यसको पिकुलारिटी नै त्यही हो । त्यसको विशेषता नै त्यही हो । त्यही भएर माथिको मान्छेको जानकारी बिना तल त्यसै प्रवेश गरेर कुनै अरू संगठन अरू मन्त्रालयहरूले त्यसरी भित्र प्रवेश गर्नुहुँदैन । मेरो समयमा त्यस्तो भएको थिएन । तर त्यस्तो हुन हुँदैन । त्यस्तो भयो भने फोर्स ड्यामेजै हुन्छ । फोर्सले कामै गर्न सक्दैन । त्यो राम्रो हुँदैन ।’

यो पनि पढ्नुहोस्

छड्केको नाममा गृहका अधिकारीको बार्गेनिङ

केही दिनअघि सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाल संगठनकै कामको शिलशिलामा काठमाडौँ उपत्यकाबाहिर रहेको समयमा गृह मन्त्रालयका उपसचिवसहितका कर्मचारी एउटा गणमा पुगेका थिए । उनीहरूले मौखिक रूपमा विभिन्न आदेश दिने र विभिन्न कागजपत्र माग्ने काम गरेका थिए । गृह मन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरीको बंगलामुखी गण पुगेर गृह मन्त्रालयका उपसचिव भुपेन्द्र सापकोटाको टोलीले छड्केको नाममा निरीक्षण गरेका हुन ।

स्वायत्त भनिएका यस्ता सुरक्षा संगठनको चेन अफ कमान्ड भत्काउन गृहमन्त्रालयका अधिकारी नै संलग्न हुनु गलत हो । गृह मन्त्रलयका अधिकारीले सशस्त्र प्रहरीमा कुनै समस्या वा गुनासो भए संगठन नेतृत्व मार्फत त्यसको समाधान वा उनीहरूलाइ जानकारी दिएर प्रक्रियामा जानुपर्ने हो । तर संगठन प्रमुख काठमाडौँबाहिर रहेको समयमा छड्केको नाममा उपसचिवले गएर एउटा गणको कमाण्डर माथि दूर्व्यवहार गर्नु गलत रहेको पूर्व प्रमुख बस्नेतले बताउनुभयो । बस्नेतसँगको पुरा कुराकानी तलको लिंकमा हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १२:०४