१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

राष्ट्रिय कविता महोत्सवमा नुवाकोटकी भैरवी ढुंगाना प्रथम


२९ मंसिर, काठमाडाैँ । नुवाकोटको लिखु गाउँपालिकाकी भैरबी ढुंगाना राष्ट्रिय कविता महोत्सव २०७७ मा प्रथम भएकी छिन । उनले महोत्सवमा प्रथम भएसँगै नगद ५० हजार पुरस्कार समेत प्राप्त गरेकी छिन ।

नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार दिउँसो भएको कविता वाचनमा ढुंगानाको कविताले प्रथम स्थान प्राप्त गरेको हो । महोत्सवमा नुवाकोटबाट अर्का कवि प्रकाश सिलवालको पनि कविता समावेश भएको थियो । पुरस्कृत ढुंगाना त्रिशूली  भ्वाङ्मय प्रतिष्ठानमा अावद्ध रहेकी छिन ।

प्रतियोगितामा प्रज्वल अधिकारी द्भितिय, गणेशप्रसाद खतिवडा, देवकी अभिलाषी र रेजिना आपगाईँ तृतीय भएका छन । महोत्वसमा वाचन भएका कविता पुरस्कृत गर्न कविहरू स्नेह सायमी र प्रभा भट्टराईको निर्णायक मण्डल रहेको थियो । विजयीहरूले राष्ट्रपतिको हातबाट नगद र पुरस्कार पाउने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार २०:०९