११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

बालिकालाई जबरजस्ती करणी गर्ने नुवाकोटका केदार पक्राउ


२९ मंसिर, नुवाकोट । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलकोटगढी नगरपालिका-४ डाँडाखर्क बस्ने ७० वर्षीय केदार बहादुर बासकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

फाइल फाेटाे

केदारले ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी झिल्टुङ तिनपित्लेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेकाे छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १३:१६