१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

३८ तोला सुन चोरेर भागेका ५ जना ठमेलको डिस्कोबाट पक्राउ


२९ मंसिर, काठमाडौँ ।  काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भएका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु गत शनिबार चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका-६ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-५ घर भएका २७ वर्षीय देवराज दाहाल, काठमाडौं महानगरपालिका-११ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भएका २४ वर्षीय रामचन्द्र चालिसे, काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका २३ वर्षीय राम तामाङ, काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका १९ वर्षीय राजन तामाङ रहेका छन् ।


गुञ्जमान तामाङको घरभित्र दराजमा राखेको उक्त धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न १८ वर्षीय किशोर राजन र राम तामाङलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित ड्रयागन डान्सबारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।

साथै रामचन्द्रलाई २ सय १० ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित काठमाडौं महानगरपालिका-६ कपनबाट र देवराजलाई २ सय ३७ ग्राम सुन जस्तो देखिन पहेलो धातु सहित काठमाडौं महानगरपालिका-१ कमलादीबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट २ हजार १ अमेरिकी डलर समेत प्रहरीले बरामद गरेको छ ।  उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १२:५८