१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बढ्याे पेट्रोलिएम पदार्थकाे मूल्य


२८ मंसिर, काठमाडौँ । पेट्रोलिएम पदार्थकाे मूल्य बढेको छ। शनिबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मटितेलमा दुई र दुई रुपैयाँले मूल्य बढाएको हो।

नेपाल आयल निगमका डिपोहरुमा पेट्रोलको खुद्रा बिक्री मूल्य १०७ रहेको थियो भने डिजेल र मटितेलको मूल्य ८९ प्रतिलिटर रहेको थियो। निगमको नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ र डिजेल र मटितेलको मूल्य ९१ प्रतिलिटर भएको छ।

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार ०७:४६