८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

छड्केको नाममा गृहका अधिकारीको बार्गेनिङ


२७ मंसिर, काठमाडाैँ । गृह मन्त्रालयका अधिकारीहरूले बार्गेनिङका लागि सुरक्षा संगठनभित्र छड्केको नीति अवलम्बन गरेको पाइएको छ । गृह मन्त्रालयका एक उपसचिवले केही दिनअघि सशस्त्र प्रहरीको एउटा गणमा छड्के गरेका छन ।

सशस्त्र प्रहरीको बंगलामुखी गण पुगेर गृह मन्त्रालयका उपसचिव भुपेन्द्र सापकोटाको टोलीले छड्केको नाममा निरीक्षण गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । दैनिकीको सम्पर्कमा आएका गृहमन्त्रालयका एक उपसचिवले मन्त्रालयको प्रहरी प्रशासन शाखाका उपसचिव सापकोटा लगायतले गणमा पुगेको पुष्टि गरे । उक्त शाखाको कमाण्ड सहसचिव थानेश्वर गौतमले सम्हालेका छन । गौतमको निर्देशनमा उपसचिव सापकोटा छड्केको नाममा सशस्त्र प्रहरीको गणमा पुगेका हुन ।

अचम्मत त केछ भने सशस्त्र प्रहरीका प्रमुख लगायत कसैले सापकोटाको गतिबिधबारे चाल पाएनन् । सुरक्षा संगठनभित्र मन्त्रालयका उपसचिवलले एउटा गणमा गएर यसरी सीधै छड्केका नाममा जिम्मेवार कमाण्डरको सातो लिनथाले भने संगठन कहाँ पुग्ला रु यो विषयमा गृहका ती अधिकारीले किन सोचेनन् ?

स्वायत्त भनिएका यस्ता सुरक्षा संगठनको चेन अफ कमान्ड भत्काउन गृहमन्त्रालयका अधिकारी नै संलग्न हुनु गलत हो । गृह मन्त्रलयका अधिकारीले सशस्त्र प्रहरीमा कुनै समस्या वा गुनासो भए संगठन नेतृत्व मार्फत त्यसको समाधान वा उनीहरूलाइ जानकारी दिएर प्रक्रियामा जानुपर्ने हो । तर संगठन प्रमुख काठमाडौँबाहिर रहेको समयमा छड्केको नाममा उपसचिवले गएर एउटा गणको कमाण्डर माथि दूर्व्यवहार गर्नु गलत रहेको सुरक्षा संगठनका पूर्व जिम्मेवार अधिकारीहरूले बताएका छन ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार १२:१२