८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

झुलाघाटमा सशस्त्रको बीओपी भवन बन्ने


२६ मंसिर, बैतडी । बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी ९बीओपी० को आफ्नै भवन निर्माण हुने भएको छ । यसका लागि रोयल खेमादेवी जेभीसँग रु एक करोडको ठेक्का सम्झौता भएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता भएको हो । उहाँले भन्नुभयो,“ ठेक्का सम्झौता भएर, केही दिनभित्रै भवन निर्माण कार्य शुरु हुने तयारीमा छ” उहाँले थप्नुभयो, “हाल भाडामा बसिरहेको भए पनि भवन निर्माणपछि आफ्नै भवनमा बस्छौँ” उहाँले थप्नुभयो, “ब्यारेक र कार्यालय प्रयोजन हुने गरी २ भवन निर्माण हुन्छन् ।”

फाइल ।

झुलाघाटमा गत जेठ १० गते बीओपी स्थापना भएकोमा हाल भाडाका भवनमा सशस्त्र प्रहरी बसिरहरको छ । सीमा सुरक्षाका लागि झुलाघाटसहित, पञ्चेश्वर र शिवनाथको कुस्मौतघाटमा बीओपीको स्थापना भएको छ । कुस्मौतघाटमा पनि भाडाको भवनमा सशस्त्र प्रहरी बसिरहेको छ भने पञ्चेश्वरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाकै घरमा बसिरहेको छ ।

सीमा सुरक्षाका लागि २४सै घण्टा सुरक्षा दिने, सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै राजश्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएका हुन् । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार २०:२१