१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

सवारी चालकको नाक भाँच्ने नुवाकोटका शिक्षक भट्टलाई तीन महिना कैद


२६ मंसिर, नुवाकोट । वडा अध्यक्षको भाइ हुँ भन्दै एक जना सवारी चालकको नाँक भाच्ने शिक्षक  धर्मदत्त भट्टलाई तीन महिना कैद भएको छ । जिल्ला अदालत नुवाकोटका न्यायाधीश उमेश प्रसाद लुइँटेलको एकल इजलाशले मुद्दा माथि अन्तिम सुनुवाइ गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा १९१ र १९४(१) बमोजिम कसुर ठहर भएकाले यही मंसिर २२ गते तीन महिना कैद र ४२ हजार २ सय ५१ रूपैयाँ औषधि उपचार खर्च बापतको रूपैयाँ जरिवाना हुने फैसाल गरेको अदालतका सूचना अधिकारी ठाकुरचन्द्र त्रितालले जानकारी दिनुभयो ।  

गत वर्ष कात्तिक ११ गते नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर २ का शिक्षक भट्टले गाउँकै एक बस चालक (जो साहुजी पनि आफैँ छन) को नाकको डाँडी भाँचिदिएका थिए । किस्पङ ३ मा रहेको ऐशलु भुमे माविका प्रावि शिक्षक भट्टले स्थानीय खुलप्रसाद भट्टको रडले हानेर नाक भाँचेका हुन ।

शिक्षक भट्टले आफू वडाको अध्यक्षको भाइ हुँ भन्दै नाकको डाँडीमा हानेको पीडितले बताएका थिए । उनले केही सल्लाह गर्नु छ भनि बोलाएर कुटपिट गरेको पीडित भट्टले प्रहरीमा बताएका थिए । जिल्ला प्रहरी कार्यालमा किटानी जाहेरी पश्चात प्रहरीले सरकारवादी मुद्दाको रूपमा मुद्दा अघि बढाएको थियो ।

५२ वर्षीय शिक्षक भट्ट किस्पाङ २ का वडा अध्यक्ष देवनाथ भट्टका भाइ हुन । उनी नेपाली कांग्रेसबाट गत स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । धर्मदत्त भट्ट पनि नेपाली कांग्रेस निकटको शिक्षक संघको नेता हुन । अदालतको फैसलापछि भट्ट फरार रहेका छन । प्रहरीले उनको खोजी गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

-वडा अध्यक्षको भाइ हुँ भन्दै बस चालकको नाक भाँच्ने नुवाकोटका शिक्षक धर्मदत्त भट्ट पक्राउ

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार २१:०७