७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चिनियाँ विद्यार्थीको हत्या गर्ने अमेरिकी महिला होली डेभिस्लाई २५ वर्ष कैद


२ असार, काठमाडाैँ । एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप छ । अमेरिकाको एरिजोना राज्यकी ती महिलालाई क्षमा दिन नमिल्ने र २५ वर्ष अघि उनको कारबाही घटाउन पनि नमिल्नेगरी सो सजायँ सुनाइएको छ ।

अमेरिकाको एरिजोना राज्यमा ती महिलाले सन् २०१६ मा १९ वर्षीय चिनियाँ विद्यार्थीको हत्या गरेकी थिइन् । सो मुद्दा चलिरहेको र उनलाई शुक्रबार एरिजोना राज्यको अदालतले उक्त कारबाही सुनाएको थियो । होली डेभिस् नाम गरेकी ती महिलाले चिनियाँ १९ वर्षीय विद्यार्थी जियान सुको हत्या गरेको खुलेको छ ।

सन् २०१६ मा हत्या भएपछि सोही अरोपमा उनलाई हिरासतमा लिइएको थियो । उनको हत्याको अभियोग प्रमाणित भएको भन्दै अदालतले सो फैसला गरेको बताइएको छ ।

सुको हत्या गरेर फरार रहेकी ती महिलालाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । उनको अभियोग प्रमाणित भएसँगै २५ वर्षको सजायँ सुनाइएको हो ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार १५:०७