११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

तत्कालका लागि नेकपाको संकट टर्यो ! ओली-दाहाल ‘वान टु वान’ वार्ता


२० मंसिर, काठमाडाैँ । नेपाल कम्युिनस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बन्धमा नयाँपन देखिएको छ । दुइ अध्यक्षको सम्बन्धमा देखिएको यो नयाँपनले नेकपाको संकट तत्कालका लागि टरेको छ । एकले अर्काको मुखमा समेत नहेर्ने अवस्थामा पुगेका दुइ नेता शनिबार ‘वान टु वान’ छलफलमा बसेका छन ।

विदेशीको इशारामा सरकारविरूद्धको अभियान व्यापक बनाउँदै दुइ पार्टी बनाउन लागि परेका नेताहरू भने ओली र दाहालको ‘वान टु वान’ छलफलपछि स्तब्ध भएका छन । नयाँपत्रिका साहुजी कृष्णज्वाला देवकोटा, अजयराज सुमार्गी, विनोद चौधरी लगयताका व्यापरिले विदेशीको स्वार्थ समेत मिसाएर नेकपा र सरकार असफल बनाउन गरेको प्रयास तत्कालका लागि असफल भएको छ ।

सचिवालय बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धय ओली र प्रचण्डबीच ‘वान टु वान’ छलफल भएको छ । उक्त छलफलमा दुबै नेताले नेकपाको एकता कसरी मजबुद बनाउने भन्ने विषयमा छलफल गरेका छन । २६ दिनदेखि संवादहीनता मात्र तोडिएको छैन । करिब विभाजन भैसकेको नेकपा पनि सही बाटोमा अघि बढ्ने अनुमान गरिएको छ । ओली र दहालको बीचमा सहमति जुटेको खण्डमा माधव नेपालहरूको भित्री उद्देश्वय समेत पुरा हुनेछैन ।

नेपाल लगायतका नेताले ओलीलाइ प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट बहुमतको बलमा तरकारीको झिँका टिपेर मिल्काए जसरी मिल्काउने भन्दै भारतीय दूतावासका अधिकारीसँग समेत छलफल गरेका थिए । लोभी नेताका रूपमा परिचित नेपाल सानो स्वार्थका लागि समेत जेसुकै सम्झौता गर्न पछि पर्दैनन् । नेपालकै योजनाको होली वाइन काण्ड नेकपाकै इतिहासको लागि कलंक बन्ने निश्चित छ ।

माधव नेपाल कस्ता नेता हुन भन्ने बुझ्नका लागि आरके मैनालीको यो भनाइमाथि नजर लगाइयो भनेमात्र पनि पुग्छ ‘२०४८ सालमा मनमोहन अधिकारी तल्लो सदन प्रतिनिधिसभाका नेता थिए भने माधव नेपाल माथिललो सदन राष्ट्रसभाको । तल्लो सभाका मनमोहन सरह सुविधा माधवले नपाएपछि उनले वर्ष पारिश्रमिक समेत लिएनन् । माधवको चित्त बुझाउन धेरै पटक वैठक वस्यो । पार्टीमा विवाद जन्मियो । तर,माधवले तनाखा बुझ्नै मानेनन् । तल्लो सदन भन्दा माथिल्लो सदनका एक सय रुपियाँ मात्रै कमाउन पाउने गरी ऐन संशोधन गरेपछि मात्रै माधवले एक वर्षको एममुष्ठ तलव–सुविधा बुझे । एक वर्षसम्म खर्चपर्च पार्टीले जुटाइदिएको थियो । म त्यति बेला पार्टीको आर्थिक विभागमा थिएँ । मैले माधवको तलब–सुविधा बुझेपछि पार्टीले गरिदिएको खर्च फिर्ता हुनुपर्ने कुरा उठाएँ । मदनले मेरा कुरा सही ठह¥याएका थिए । त्यसको केही दिनपछि मदन देशव्यापी भ्रमणमा निस्किए । फर्किएपछि निर्णय गराउने वचन दिएका थिए । तर,यसैबीचमा मदन दासढुङ्गा काण्डमा पारिए । माधवले पार्टीका तर्फबाट भएको खर्च फिर्ता गरेनन्’

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार १६:१२