१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

तेस्रो बिबाहका लागि पूर्वमाओवादी नेताले अर्काकी श्रीमति भगाए, जारी तिर्न खोज्दा पक्राउ


२० मंसिर, काठमाडाैँ । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता अर्काको श्रीमति भगाएर तेस्रो बिबाह गर्नेक्रममा पक्राउ परेका छन । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष समेत रहेका पूर्वमाओवादी नेता इन्द्रबहादुर कुमाई तेस्रो बिबाह गरेपछि पक्राउ परेका हुन । उनले अर्काकी श्रीमति भगाएका हुन । अर्काको श्रीमति भगाएर श्रीमतिबिहिन बनेका पुरूषलाइ उनले जारी तिर्न खोज्दा पक्राउ परेका छन ।

उनीसँगै उनकी कान्छी श्रीमती भनिने ग्वामी बिष्ट पनि पक्राउ परेकी छिन । सल्यानका डीएसपी गोबिन्द थापाले वडाध्यक्ष कुमाईले तिहारको दिनमा ग्वामी बिष्टलाई भगाएका थिए । उनले बिष्टका श्रीमानलाई ३ लाख ८० हजार नगद जारी तिरेर वहुविवाहको केस गाउँमै मिलाउने प्रयास समेत गरेका थिए । उनी गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार १०:५५