१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नेकपा सचिवालय बैठक आज, एकता जोगाउने कि एक्ला एक्लै हिड्ने भन्ने विषयमा छलफल हुँदै


२० मंसिर, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठकमा एकता जोगाउनका लागि शीर्ष नेताको बीचमा थप छलफल गरेर अघि बढ्ने वा एक्ला एक्लै हिड्ने भन्ने निष्कर्ष निस्कने गरी छलफल हुने बुझिएको छ । कार्यव्यस्तताका कारण यसअघिको बैठकमा सहभागीह हुन नपाएका प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि आजको बैठकमा सहभागी हुनेछन ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीभित्रको विवाद समाधान कसरी गर्ने भन्नेबारे छलफल हुने नेताहरूले बताएका छन । नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद बढ्दै जाँदा नेकपा सचिवालय बैठक व्यर्थको बन्दै गएको छ । एक(अर्काबीच गम्भीर आरोप(प्रत्यारोपसहित बेग्लाबेग्लै लिखित प्रस्ताव ल्याएपछि पार्टीको विवाद चर्किएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार १०:१२