१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ मंसिर २९ गते निष्काशन हुने, कति दिने आवेदन ?


२० मंसिर, काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्सले प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनले मंसिर २९ गतेदेखि सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीको अहिले चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आइपिओ निष्काशनपछि कम्पनीकोे चुक्ता पूँजी २ अर्ब पुग्ने छ ।

निष्काशन हुने ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत (३ लाख कित्ता) कर्मचारी र थप ५ प्रतिशत सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको आइपीओ निष्काशन बन्द छिटोमा पुस २ गते बन्द हुने छ । त्यस अवधिमा विक्री नभए पुस १३ गतेसम्म मात्र बिक्री खुल्ला रहने छ । सर्वसाधारणले न्यूनतम १० कित्ता देखि ५००० कित्तासम्म आवेदन गर्न सक्ने छन् । इन्स्योरेन्सको  आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

इक्रा नेपालले साधारण सेयर निस्कासन गर्न प्रभु लाइफ इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार ०९:४७