६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

ललितपुरबाट पक्राउ परेका अनिल शर्मा बिरही नुवाकोट प्रहरीको हिरासतमा


१९ मंसिर, नुवाकोट । प्रहरीले ललितपुरबाट पक्राउ गरेका नेकपा विप्लव समूहका नेता अनिल शर्मा नुवाकोट प्रहरीको हिरासतमा रहेका छन । बामपन्थी पत्रकार नारायण नेपालले बिहीबार ललितपुरको पाटनबाट गिरफ्तार भएका अनिल शर्मा बिहरी जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा रहेको जानकारी दिएका छन ।

नेपालले शुक्रबार शर्मालाइ भेटेको जानकारी दिँदै गल्छीदेखि प्रहरी हिरासतसम्म जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले नै ससम्मान पुर्याएको जानकारी दिए । शर्मालाइ शुक्रबार जिल्ला अदालत नुवाकोटमा पेश गरिएको थियो । उहाँको कोरोना परीक्षणपछि थप कानुनी प्रक्रिया अघि बढ्नेछ ।

सरकारले विप्लवको विद्रोह माथि प्रतिबन्ध लगाएपछि तीनका नेता कार्यककर्ता पक्राउ पर्दै आएका छन । कतिपय नेता कार्यकर्ता भने पक्राउ गरेको केही समयमा आत्मसमर्ण गर्दै घर जाने गरेका छन ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार २१:०६