११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सेयर बजारको बृद्धिमा धितोपत्र बोर्डको शंका, कालोधन प्रवेश गरेको अनुमान


२० मंसिर, काठमाडाैँ । सेयर बजारको बृद्धिमा शंका गर्दै धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग जवाफ मागेको छ ।पछिल्लो समय सेयर बजारमा लगातार भएको बृद्धिपछि बोर्डले शंका गर्दै नेप्सेसँग जानकारी मागेको हो । बोर्डले बजार किन बढिरहेको छ भन्दै नेप्सेलाई पत्र नै पठाएको छ ।

पत्रमा के कति कारणले बजार बढेको हो भनेर जवाफ मागिएको छ । बजारको स्वभाविक वृद्धिमा शंका गर्दै बोर्डले अस्वभाविक पत्र पठाएको नेप्सेका अधिकारीले बताएका छन । बोर्डले सेयर बजारमा स्रोत नखुलेका कालो धनको प्रवेश पाएको शंका गरेको छ ।

बोर्डले बुधबार नेप्सेलाई पत्र पठाएका हो । बोर्डको पत्रसँगै नेप्सेले अहिले बजारमा भइरहेको कारोबारको लगानीको स्रोत,  लगानीकर्ताले बजारमा लगानी गरेको रकम कर तिरेको हो कि हैन  लगायतका विषयमा अनुसन्धान गर्नेछ । केहीदिन अघिमात्रै धितोपत्र बोर्डले लगानीकर्तालाई सुझबुझ पूर्ण लगानी गर्नु भन्दै औपचारिक रुपमै विज्ञप्ति निकालेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार ०७:२०