८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आजदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा सेवा शुल्क काटिने


१९ मंसिर, काठमाडाैँ । बिहीवार राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा अबदेखि शुल्क तिर्नु पर्ने भएको छ ।

राष्ट्र बैंकले आज शुक्रवारदेखि एटिएम शुल्क लिन पाउने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १३:५२