१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हरि सुनारले ल्यााए प्रदेशमा हुने सम्पूर्ण नेपालीलाई रुवाउने गीत ‘दुरी टाढाको’ (भिडियोसहित)


१९ मंसिर,काठमाडौँ । नेपाली युवाको एउटा परिचय बनेको छ प्रदेशिनु । घरपरिवारको खुसीका लागि प्रदेशीएका प्रदेशीहरु आफु भने कहिल्यै खुसी हुन सक्दैनन् । घर परिवारकाे खुसी किन्न प्रदेशीएका धेरै युवाहरुको आसु र वेदना घर परिवारको यादमा बहन्छ ।

यस्तै मार्मिक कथालाइ बुनेर गायक सर्जक हरि सुनारले शब्द संगीत तथा गायक रेशम निर्दोष र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीत ‘दुरी टाढाको’ सार्वजनिक भएको छ।

यस गीतको भिडियोले गरिबिको कारण प्रदेशमा दास बनि स्वदेर फर्किन नपाएका युवाहरुको मर्म र परिवारप्रतिको मायालाई समावेश गरिएको छ । गीतको भिडियोलाई स्मृति तिमिल्सनाले निर्देशन गरेकी हुन्। भने गणेश सापकोटाकाे छायाँकन रहेको छ । भिडियोमा सज्जन बोहोरा जुना गुरुंग लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १२:३२