७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रभु इन्सुरेन्सकाे ७ लाख ३५ हजार कित्ता संस्थापक शेयर आइतबारदेखि लिलामीमा


१९ मंसिर, काठमाडौँ ।  प्रभु इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर मंसिर २१  गते देखि लिलामीमा विक्री खुला हुने भएको छ । इन्सुरेन्स कम्पनीले ७ लाख ३५ हजार कित्ता शेयर लिलामीमा बेच्ने लागेकाे हाे । इन्सुरेन्स कम्पनीले संंस्थापक समूहको शेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर २८ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ११:१३