१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

प्रचण्ड-माधव गुटको युवा–विद्यार्थीको भेला आज, अष्टलक्ष्मी र पम्फाले सम्बोधन गर्दै


१९ मंसिर, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल गुटको युवा–विद्यार्थी भेला आयोजना गरेको छ । आज शुक्रबार दिउँसो काठमाडौँको थापाथाली क्याम्पसमा भेला डाकिएको अनेरास्ववियूका दीपक बुढाथोकीले जानकारी दिएका छन । भेलामा गुटका तर्फबाट अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल र हरि अधिकारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बुढाथोकीले भने युवा र विद्यार्थीलाइ पार्टी भित्रको विवादको वास्तविकता जानकारी दिन भेला गरिएको बताएका छन । पार्टी विभाजनको डिलमा रहेको र गम्भीर संकट आएको भनेर शीर्ष नेताहरूले नै भनिरहेको सन्दर्भमा नेकपामा गुटगत भेलाहरूले तीव्रता पाएका छन । यसले पार्टी भित्रको विवाद अझै चर्कने संकेत गरेको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ०९:५३