१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नियम विपरित पुल उद्घाटन गर्ने पाैडेलको बारेमा छलफल गर्न कांग्रेसले बोलायो बैठक


१९ मंसिर, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नियमविपरित पुल उद्घाटन गर्ने वरिष्ठ नेता रामचन्द्र पाैडेलसँग सम्बन्धित घटनाको बारेमा छलफल गर्न बैठक बोलाएको छ । संघीय सरकार र प्रदेश सरकारले बनाएको पुल सोही सरकारको समन्वय विनानै जवरजस्ती उद्घाटन गर्न तनहुँ पुगेको समयमा नेता पाैडेल प्रहरी हिरासतमा समेत परेका थिए ।

नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताको बीचमा झडप भएर शान्ति सुरक्षा खलबलिने भएपछि प्रशासनले निषेधाज्ञा लगाएको थियो ।  तर पाैडेलले जुलुशसहित निषेधाज्ञा तोड्दा पक्राउ परेका थिए । यसैलाइ कांग्रेसले भने लोकतन्त्रमाथिको प्रहार भनेको छ । यही विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले शुक्रबार २ बजे पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभएको छ । पुल शिलान्यासको नाममा कांग्रेसले बलजफती गरेको गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरूङले विज्ञप्ति नै निकालेर प्रष्ट पार्नुभएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ०९:४०