७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कोरोना महामारीकै बीच पर्यटक नेपाल आउन थाले


१९ मंसिर, काठमाडाैँ । पर्यटकीय हिसाबले नेपाल संसारकै घुम्न लायक देशमा प्रसिद्ध छ । संसारको सर्वोच्च शिखर सगरमाथा लगायत मनमोहक हिउ चुचुराहरु, भगवान बुद्धको जन्मस्थल लुम्बिनी लगायत बिबिध प्राकृतिक र सांस्कृतिक छटाहरुको  दृश्यावलोकन गर्न पर्यटक नेपाल आउने गर्दछन । पदयात्रा अर्थात् ट्रेकिङका लागि नेपाल सर्बोत्कृष्ट देशमा चिर परिचति छ ।

यसै बीच कोरोना भाइरसको संसारभरी परेको प्रभाव बीच रसियन नागरिकहरु रोग, भोक, जागिर, क्वारेन्टाइन र अपर्झट पर्ने बिबिध समस्याहरुलाई खयाल नै नगरी सर्वोच्च शिखर सगरमाथा आधार शिबिर जान नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा उनीहरुलाइ स्वागत गर्दै उक्त ट्रेकिङ आयोजना गरेका नारायण खनाल भन्नुहुन्छ, ‘विदेशी नागरिकहरु कोरोना भाइरसको कहर बीच पनि नेपाल आउन इच्छुक रहेको र लामो समय सम्म आफ्नो देसमा बस्दा थकित महसुस गरेको र संसारकै पहिलो रोजाइमा  नेपाल परेको हुनाले उनीहरु थप उत्साहित र खुसि हुदै नेपाल आयका छन् ।’

अहिले पर्यटकीय बजार ठमेल र ट्रेकिङ गन्तब्यहरु प्राय सुनसान नै छन् । आन्तरिक पर्यटक बाहेक बाह्य पर्यटकहरु पदयात्रामा भेटिन मुस्किल नै भैरहेको बेला बिदेसी नागरिकहरु नेपाल आउदा धेरै खुसिको अनुभब गरेको खनाल बताउछन । करिब ७ दिन ठमेलस्थित समसरा होटेलमा क्वारेन्टाइन बसेर पीसीआर नेगेटिभ रिपोर्ट प्राप्त गरेपछि रसियन नागरिकहरु नेपाली गाइड संग लुक्ला प्रस्थान गरि ११ दिनको सगरमाथा आधार शिबिरको बाटो तय गर्दै उक्त क्षेत्र तिर लागेका छन् ।

सरकारले ७ दिनको क्वारेन्टाइन  हटाउनु पर्ने र र प्रयटक हरुलाई ७२ घन्टे पीसिआर रिपोर्टको आधारमा नेपाल घुम्न आउने बाताबरण तयार गरे धेरै बिदेसी नागरिकहरु नेपाल भ्रमणको लागि आउन आतुर रहेको र उनीहरुले सोधपुछ गरिरहेको खनालले बताउनुभयो ।

कोरोना भाइरसको महामारीले पर्यटनमा मजदुर मात्र नभई व्यवसायी पनि उत्तिकै मर्कामा परेका छन् । नेपाल भ्रमण वर्ष २०२० को लागि उनीहरुले विशेष तयारी गरेको तर महामारीले ठूलो प्रभाव पारेकोले अब नेपाल आउन सुरु गरेका पर्यटकहरुले पक्कै पनि दुखेको घाउमा मलम लगाउने नै छन् । सरकारले देशकै अर्थतन्त्र बलियो पार्न यसतर्फ विशेष धयान दिनु पर्ने  देखिन्छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १४:३२