४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

दोहोरो अंकले घट्याे सेयर बजार, ८ अर्ब २ करोड बढीकाे काराेबार


१८ मंसिर, काठमाडाैँ । निरन्तर नयाँ रेकर्ड राख्दै आएको सेयर बजारले साताको अन्तिम दिन बिहिबार ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । बजार खुलेको सुरुमै भने सेयर बजार २१ बिन्दु पार गरेको थियो पछी विस्तारै घट्दै गएको हो ।

आज नेप्से परिसूचक १५.५७ अंकले घटेर २०५५.४५ अंकमा पुगेको छ नेप्से ०.७५ प्रतिशले घटेको हो यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७६ अंकले घटेर ३९२.२९ अंकमा पुगेको छ । कुल २ सय वटा कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

जसमा पुनर्बिमा कम्पनी एउटैको १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ५८ लाख ८९ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । खरिदबिक्री भएकामध्ये हाइड्रोपावर र माइक्रोफाइनान्स समूहको सूचक मात्र वृद्धि भएको छ । व्यापारिक र जीवन बिमा समूहमा धेरै करेक्सन आएको छ ।

अपर तामाकोशी हाइड्रोपावर, नेपाल सेवा लघुवित्त लगायतको भाउ सर्किट लाग्ने गरी बढेको छ । सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले गुमाएका छन् । नेपाल पुनर्बिमा, नेपाल लाइफ र नेपाल टेलिकमको सर्वाधिक रकमको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार १५:५१