४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

अभिनेत्री स्वेता खड्का विजेन्द्रसँग मंसिर २२ मा बैबाहिक जीवनमा बाँधिदै


१८ मंसिर, काठमाडौँ । नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेता खड्काले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो बाध्न लागेकी हुन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत पुष्टि गर्दछ ।

विवाहको निम्तो कार्डमा उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखिएको छ । स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा चलेको केही समय भयो । मंसिर ५ गते नै स्वेताले बिहे गर्न लागेको चर्चा चलेको थियाे । तर, स्वेताले सो समयमा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको बताएकी थिइन् ।

फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताले यस अगाडि स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधन पछि पनि उनी अभिनय समाजसेवामा सक्रिय रहेकी उनले केही अगाडि ‘कान्छी’ समेत फिल्म निर्माण गरेकी थिइन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार ०८:०२