७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एमाले फुटाउन नुवाकोट पुगेका सुरेन्द्र पाण्डे अहिले त्यस्तै गर्दैछनः नेता अधिकारी


१७ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका सचिवालय सदस्य एवं पर्यटन विभागका प्रमुख काशिराज अधिकारीले नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पहिल्यैदेखि पार्टी फुटाउने गतिबिधिमा सक्रिय रहेको बताउनुभएको छ । तत्कालीन एमाले फुटाउन समेत पाण्डेको महत्वपूर्ण भूमिका रहेको अधिकारीले बताउनुभयो ।

आफ्नै गृहजिल्लामा कार्यकर्ताबाटै कालोझण्डा व्यहोरका र त्यसको भोलिपल्ट कास्की पुगेर गुट भेला गरेर पार्टी विभाजनका लागि तयार रहन निर्देशन दिएका पाण्डेले २०५४ सालमा पीडित बनाएका नेकपाका कार्यकर्ता अधिकारीले पाण्डे यस्ता अराजक गतिबिधिमा सुसुप्त ढंगले लाग्ने नेता रहेको बताउनुभयो । उहाँले पाण्डेले तत्लकालीन एमाले फुटाएर बामदेव तर्फ लाग्नका लागि आफूहरूलाइ प्रेरित गरेर पाण्डे भने तत्कालीन एमालेमै बसेको बताउनुभयो ।

पाण्डे एमाले विभाजनको समयमा नुवाकोटको पार्टी इन्चार्ज रहेको बताउँदै उहाँले एमाले फुटको सन्देश लिएर नुवाकोट पुगेका उनै पाण्डे अहिले त्यस्तै प्रकृतिको नेकपा फुटको सन्देश बोकेर चितवन र कास्की पुगेको बताउनुभयो । उहाँले पार्टी विभाजनको सन्देश बोकेर आफ्ना अघि आउने नेता सुरेन्द्र पाण्डेमात्र नभइ सबैलाइ लखेट्न पनि अनुरोध गर्नुभयो ।

अधिकारीसँगको कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छ

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १९:३३