१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बालिका बलात्कार गर्ने धादिङका प्रकाश नेपाली पक्राउ


१५ मंसिर, कास्की । बालिका बलात्कार आरोपमा पोखराबाट एक युवक पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा – १६ लामाचौर बस्दै आएका धादिङका २९ वर्षीय प्रकाश नेपाली पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।


घरमा कोही नभएको अवस्थामा डर त्रास र धम्की दिई बलात्कार गरेको सूचनाको आधारमा दीपक भनेर चिनिने प्रकाश नेपालीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १०:५२