१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

कात्तिक १८ गतेदेखि हराएका नुवाकोटका तिमिल्सिनाकाे शव सडेगलेको अवस्थामा फेला


१५ मंसिर, नुवाकाेट । गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् । सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ ।

फाइल तस्वीर

जङ्गल जाने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको र परीक्षणका क्रममा चार साताअघि हराएका तिमिल्सिनाको शव भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १०:२७