१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य समायाेजन


१५ मैसिर, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे २५ प्रतिशत बाेनस शेयर पछि प्रतिकित्ता ६ हजार रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७ हजार ५ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


कम्पनीको ५३ औँ वार्षिक साधारण सभा मंसिर ३० गते हुँदैछ । सभामा आर्थिक वर्ष ७५/७६को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार ०९:३९